२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

अ+ अ-

चितवन । चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।

शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार अहिले गैंडालाई खोर (बोमा) भित्रै पुगेर कर्मचारीहरूले खानेकुरा दिन थालेका छन् । यसअघि खोर नै भत्काउला झैं गरेर गैंडा आक्रामक रुपमा प्रस्तुत हुन्थ्यो ।

‘अझै अर्को ठूलो बोमामा राख्ने बेला भएको छैन’, अर्यालले भने, ‘अर्को महिनाबाट सार्न मिल्छ की भन्ने अनुमान छ ।’

तिनीहरूको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधि र आनीबानीका बारेमा पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन् ।

यहाँ चारैतर्फ काठको फलेकले बारेर माथिपट्टि खुला गरी बनाइएको पिट बोमा छ । अर्का खुला खोरमा लगेर छाड्न समेत भने अलि भइसकेको छैन । अलि बानी परेपछि ती गैंडालाई अली ठूलो खुला खोरमा लगेर राखिने र त्यसपछि चीन पठाइनेछ ।

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा (केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ । अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहा ल्याइएको थियो ।

अन्य तीनवटा गैंडालाई भने गएको वैशाख महिनामा नियन्त्रमा लिएर बोमामा राखिएको थियो । चिकित्सकका अनुसार अहिले चारवटै गैैंडा तन्दुरुस्त छ । सरकारी निर्णय अनुसार चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिँदैछ । रासस