भारतीय लडाकू विमान दुर्घटनाग्रस्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त


२२ जेष्ठ २०७५, मंगलबार


नयाँ दिल्ली । भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी छ ।

भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ । गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

यस विमानमा रहेका एकजना विमान चालक सञ्जय चौहानको मृत्यु भएको छ ।

यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन । गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर यसमा सवार भएका ६ जना यात्रु नै बाँचेका थिए ।

त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए ।

गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस