२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाको दोस्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल चुडिँदै

अ+ अ-

कञ्चनपुर । दक्षिण एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुंगे पुल चुँडिन थालेको छ । मर्मत सम्भार नहुँदा पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड चुँडिन थालेका छन् । एक हजार चार सय ५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन् ।

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिँजालीले पुल चुँडिने अवस्थामा रहेको बताए । ‘पुलमा बिछ्याइएका अधिकांश पाता र फलामे डोरी चुँडिन थालेकाले जुनसुकै बेला पनि पुल टुट्न सक्छ,’ उनले भने । पुलका नटबोल्ट खसेको र जाली च्यातिएको उनले बताए ।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताए । उनले भने, ‘पुल कुन दिन भाँचिन्छ भन्ने पिरलो छ ।’

महाकाली र भीमदत्त नगरपालिकाले मिलेर तत्काल पुलको मर्मत गर्नुपर्ने उनको भनाइ छ ।

२०६१ सालमा महाकाली नदीमा बनाइएको पुल भीमदत्त नगरपालिका–१३ र महाकाली नगरपालिका–४ मा अवस्थित छ । त्यतिबेला नौं करोड ४२ लाख रूपैयाँमा पुल निर्माण भएको थियो । पुल पर्यटकको आकर्षणका रूपमा रहेको छ ।

सरकारी उदासिनताका कारण निर्माण भएको झण्डै १४ वर्षमै पुल जीर्ण बनेको स्थानीयको आरोप छ । सम्बन्धित निकायको लापर्बाहीले पुल चुँडिने अवस्थामा पुगेको स्थानीय गगन सिंहले बताए । दोधारा–चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । पुलमा दैनिक करिब तीन हजार यात्रुले ओहोरदोहोर गर्छन् ।