नारायणगढ —मुग्लिन सडकखण्डमा पहिरो एकतर्फि मात्र सञ्चालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ —मुग्लिन सडकखण्डमा पहिरो एकतर्फि मात्र सञ्चालन


२२ जेष्ठ २०७५, मंगलबार


रत्ननगर । नारायणगढ —मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । पहिरो बिहान ४ः५५ बजे खसेको थियो ।

राति पानी परेर पहिरो खसेको थियो । ट्राफिक प्रहरी प्रमुख चितवनका अनुसार पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ ।

दुई दिन अघि मात्रै चारकिलो मा पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध भएको थियो थियो ।

नारायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस