२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब मालिकलाई पनि कारवाही हुने

अ+ अ-

डोटी । चालक अनुमति पत्र बिनाको व्यक्तिलाई गाडी चलाउन दिने मालिकहरुमाथि पनि कारवाही हुने भएको छ । डोटी जिल्लामा एकपछि अर्को गरी ठुला सवारी दुर्घटना हुन थालेपछि दुर्घटना रोक्नका लागि आइतबार स्थानीय तहका प्रमुखहरु सहित सरोकारवालाहरुबीच बैठक सम्पन्न भएको छ ।

बैठकका सहभागिहरुले चालक अनुमति पत्र नभएकालाई गाडी दिए गाडीधनीलाई पनि कारवाही गर्नु पर्ने सुझाव दिएपछि स्थानीय प्रशासनले सो कदम चाल्ने भएको छ । चालक अनुमति पत्र नभएका व्यक्तिहरुले गाडी हाँक्ने गरेको पाइएकाले यस्तो निर्णय गर्नु परेको बताइएको छ ।

बैठकमा सवारी दुर्घटना न्यून गर्नका लागि सडकको स्तरोन्नती गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । सडकको दुरावस्थाका कारण पनि ग्रामिण सडकहरुमा दुर्घटना बढेको हुँदा सडकको स्तरोन्नती हुनु पर्नेमा यातायात व्यवसायीहरुले जोड दिएका थिए । यस्तै चालकहरुले मदिरा सेवन गरी सवारी चलाउने गरेको भन्दै मादक पदार्थ सेवन गरे नगरेको कडाईका साथ चेकजाँच गर्नु पर्ने बैठकको निश्कर्ष छ । ‘यातायात प्रहरीले चालकले मदिरा सेवन गरे नगरेको, चालक अनुमति पत्र भए नभएको र गाडीका कागजातहरु चुस्त भए नभएको कडाइका साथ चेकजाँच गर्ने निर्णय भएको छ’ जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत लोकराज बोहराले भने ‘यातायात प्रहरीको उक्त कार्यमा सबैले सहयोग गर्ने प्रतिवद्धता गरेका छन ।’ उनले क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारीलाई पनि कारवाही हुने बताए ।

जिल्लामा यातायात प्रहरीको संख्या ज्यादै न्यून भएका कारण जनशक्ति थप गर्नका लागि सबैले सम्वन्धित निकायमा दवाव दिने निर्णयसमेत उक्त बैठकले गरेको छ । जिल्लामै छैन ब्रेथलाइजर डोटी जिल्लामा मादक पदार्थ सेवन गरेको बारेमा जाँच गर्ने मेसिन (ब्रेथलाइजर) नभएको यातायात प्रहरीले जनाएको छैन ।

बैठकमा यातायात प्रहरीले जिल्लामा रहेको एकमात्र बे्रथलाइजर बिग्रेका कारण अहिले उक्त मेसिन नभएको जानकारी गराएको छ । ‘एउटा मात्रै मेसिन थियो, त्यो पनि बिग्रेको छ’ जिल्ला यातायात प्रहरी कार्यालय, डोटीका प्रमुख प्रहरी नायव निरीक्षक रुपसिंह थापाले भने, ‘मेसिन मर्मतका लागि पठाइएको छ ।’ उनले अहिले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनु पर्ने अवस्था रहेको बताए ।

‘अलि धेरै खाएको छ भने आँखा राता भएका हुन्छ, शरीर झुल्न थालेको हुन्छ’, उनले भने, ‘हामी नखाएको मान्छेलाई खाएको मान्छेसामु जाँदा गन्ध पनि आइहाल्छ ।’ बैठकमा ब्रेथलाइजर स्थानीय तहले किनेर यातायात प्रहरीलाई दिने भन्ने बिषयमा छलफल भएको भएपनि निर्णय भने भएको छैन ।