गाई मार्नेलाई १२ वर्ष कैद ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गाई मार्नेलाई १२ वर्ष कैद !


२० जेष्ठ २०७५, आइतबार


अर्घाखाँची । गाई मारेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले एक जनालाई १२ वर्षको कैद फैसला गरेको छ ।

भूमिकास्थान नगरपालिका–२ भोटेपोखराका यमबहादुर खत्री जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजालसले १२ वर्षको कैद फैसला गरेको हो । उनलाई गोठमा बाँधेका एउटा रातो र दुई वटा कालो गाई बञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेका अभियोग छ ।

छिमेकी बलदेव भाटले खत्री विरुद्ध जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस