नयाँ संविधान बनाउँदै क्युबा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नयाँ संविधान बनाउँदै क्युबा


२० जेष्ठ २०७५, आइतबार


हवाना । क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य सुरु भएको  संविधानसभाले जानकारी दिएको छ ।

हवानामा शनिबार आयोजना भएको संविधानसभाको एक विशेष अधिवेशनले नयाँ संविधान निर्माण प्रयोजनका लागि एक नयाँ मस्यौदा कार्यदल चयन गरेको छ ।

क्युबाको संविधानसभाका ५७२ जना सदस्यले शनिबार मतदानमार्फत नै ३३ सदस्यीय नयाँ निर्माण मस्यौदा कार्यदल निर्माण गरेको बताइएको छ ।

क्युबाका पूर्वराष्ट्रपति एवम्  कम्युनिष्ट पार्टीका प्रथम सचिव राउल क्यास्तो यस मस्यौदा कार्यदलका प्रमुखका रुपमा निर्वाचित भएका छन् ।

सो कार्यदलको उपप्रमुखमा क्युबाका राष्ट्रपति माइगेल डियाज क्यानेल निर्वाचित भएका पनि क्युबाको संविधानसभाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

राष्ट्रपति डियाजले भने, यस कार्यदलले जतिसक्दो चाँडो नयाँ संविधानको मस्यौदा निर्माण गर्छ र यसलाई अन्तिम निर्णयका लागि जनमत संग्रहमा पनि पठाउन सकिने छ ।

क्युबाले गएको सन् २०१० देखि विभिन्न राजनीतिक सुधारका कार्य गरिरहेको छ । राजनीतिमा सुधार र यसका माध्यमबाट दिगो र आर्थिक विकासका विविध प्रयास जारी राखेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस