२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पाको त्रिपुराकोटमा ‘एक घर एक धारा’

अ+ अ-

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्तौँदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् ।

पञ्चवर्षीय योजनाका रुपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् ।

‘सयौँ वर्षअघिदेखि सिधै खोलाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले नौ हजार मिटर टाढा बुराउँसे खोलाबाट स्वच्छ खानेपानी वडा नं १ का सबै घरमा आपूर्तिहुन्छ’, त्रिपुरासुन्दरी–१ का दिलीप गिरीले भने ।

‘योभन्दा अगाडि खोलाबाट आएको बालुवायुक्त पानी पिउनुपर्ने बाध्यता थियो, दूषित पानी प्रयोग गरेकै कारण गाउँमा टाइफाइड, झाडापखाला, रुघाखोकी, आउँका बिरामी धेरै हुन्थे’, उनले भने ।

‘वर्षात्को समयमा खोलाबाट फोहर पानी आउँदा ठूलो समस्या हुन्थ्यो, सफा पानीका लागि घण्टौँ लगाएर मूलको खोजी गर्दै वनतिर जानुपर्ने बाध्यता थियो, धेरैजसो सर्वसाधारण त्यही दूषित पानी प्रयोग गर्थे, अहिले घरमै चौबीसै घण्टा स्वच्छ पानी आउँछ, नियमित सरसफाइ गर्न पनि सजलो भएको छ’, त्रिपुराकोट गल्लीका भैरम शाहीले भने ।

‘अहिले गल्लीवासीलाई पनि आधाघण्टा लगाएर गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छैन, स्वच्छ खानेपानीको सहज आपूर्ति भएकाले शौचालयको प्रयोगमा पनि सजिलो भएको छ’, उनले भने ।
वैशाख १ गतेदेखि त्रिपुराकोटका १०० घरमा स्वच्छ खानेपानी आपूर्ति भएको छ ।

सो आयोजना अनुदान र श्रमदान गरेर रु ६० लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष पुरीप्रसाद हमालले बताए ।

‘अहिले त्रिपुराकोटका १०० घरमा एक घर एक धारा छ, नौ हजार मिटर टाढाबाट बीच बीचमा कडा चट्टान कटान गर्दै पाइपलाइन विस्तार गर्न कम चुनौती थिएन’, उनले भने ।

निर्माण समितिको कडा मेहनतलदे त्रिपुराकोटवासीलाई पुस्तौँदेखिको दूषितपानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा मिल्नुका साथै जिल्लामै नमूना योजनाका रुपमा काम सफल भएको अध्यक्ष हमालले बताए । रासस