२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको साताव्यापी ‘फोर्स मार्च’

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि सशस्त्र प्रहरी बलले आजदेखि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयको नीति/निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्स मार्च गस्ती थालिएको बताए ।

“उस्तै पनि सीमा क्षेत्रमा यहाँ विविध कारणले हाम्रो सहभागिता कम छ,” उनले भने– “पहुँच नभएको ठाउँमा पनि निगरानी बढाउन यो गस्ती शुरु गरिएको हो ।”

उनले हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रुपमा गस्ती गरिने बताए । आइतबारबाट बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्र्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।

“पहुँच नभएको ठाउँमा हामी राति बसेर पनि गस्ती गछौँं,” उनले भने–“यो गस्ती निकै प्रभावकारी हुनेमा आशावादी छौंँ ।” उक्त गस्ती टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण बोहराले गरेका छन् ।

हाल कञ्चनपुरमा दुईवटा मात्रै सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बोर्डर सुरक्षा पोष्ट रहेको छ । महाकाली नगरपालिकाको दोधारा– चादँनी र बेलौरीमा बोर्डर सुरक्षा पोष्ट रहेपनि यहाँको बेल्डाँडी र ब्रह्मदेव क्षेत्रका साथै पुर्नवासमा समेत सशस्त्र प्रहरीको पोष्ट स्थानीयवासीले माग गर्दै आएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारततर्फ सुरक्षाको बाक्लो सहभागिता रहेपनि नेपालतर्फ भने त्यो हुनसकेको छैन ।