पूर्वमन्त्री शाहीको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वमन्त्री शाहीको निधन


२० जेष्ठ २०७५, आइतबार


काठमाडौ । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उनी करीब दुई महिनादेखि सोही अस्पतालमा उपचाररत थिए ।

डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्व प्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गरेका थिए । उनका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उनलाई श्रद्धाञ्जलि दिनका लागि नयाँ बानेश्वरस्थित निवासमा गएका प्रवक्ता भुवन पाठकले जानकारी दिए । उनको आजै अन्त्येष्टि गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस