काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।
राष्ट्रकवि घिमिरे भारतको मेदान्त अस्पतालमा उपचार गरेर शनिबार दिउँसो स्वदेश फर्किएका थिए । उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे फेरी अस्पताल भर्ना भएका हुन् ।
अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।
मुटु, मिर्गौला र फोक्सोको समस्या र आन्तरिक रत्तश्राव भएपछि घिमिरे जेठ ९ मा भारत गएका थिए ।