२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोरमसँग एकताको छलफल चलेको छ : नेता पौडेल

अ+ अ-

बागलुङ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन् ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको बताए। पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको उल्लेख गरे ।

नेता पौडेलले मुलुकको विकास, समृद्धि र सुशासनका लागि पार्टी एकताको खाँचो औँल्याए । फोरमका अधिकांश नेता कम्युनिष्ट पृष्ठभूमिबाट आएको भन्दै एकता सहज देखिएको उनको भनाइ थियो ।

“दुई पार्टीबीच केही सैद्धान्तिक अन्तर भए पनि एकताको सम्भावना बलियो छ”, उनले भने । नेता पौडेलले विचार, राजनीति र विशेषता मिल्ने अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरिने बताए । धेरै राजनीतिक दल आवश्यक नभएको भन्दै उनले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने पार्टीसँग एकता गर्न सुझाव दिए ।

“हामी कम्युनिष्टहरु समेट्दै जान्छौँ, नेपाली काँग्रेसले पनि नजिकका दलहरुलाई एकतामा ल्याओस्”, उनले भने ।

मधेशका मुद्दा सम्बोधन गर्न र राष्ट्रिय एकतालाई सुदृढ पार्न फोरमलाई सरकारमा ल्याइएको उनको भनाइ छ । “ससंद्मा अंक पु¥याउनभन्दा पनि राजनीतिक स्थायित्वका लागि फोरमलाई सरकारमा ल्याएका हौँ”, उनले भने । फोरम आएसँगै संसद्मा सरकार झन बलियो भएको पौडेलले बताए । रासस