काठमाडौ । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको प्रतिनिधिसभाको बैठक शुरु
बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे। उनले मूल्य वृद्धि फिर्ता लिन आग्रह गरे ।
त्यसैगरी सांसद प्रेम सुवालले सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण गराए ।
संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५/७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिने कार्यक्रम छ । रासस