सवारीको प्रदूषण चेक गर्न दुई मन्त्री सडकमा ! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सवारीको प्रदूषण चेक गर्न दुई मन्त्री सडकमा !


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । आइतबार बिहान थापाथली सडकमा गाउन र मास्क लगाएका केही व्यक्ति जम्मा भए । उनीहरू सवारीलाई रोक्दै प्रदूषण चेक गर्न थाले । टिमको अगुवाई गरेका थिए– गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ।

मन्त्रीद्वयको टोलीले आइतबार थापाथलीमा १५ सवारीको प्रदूषण चेक गरे । तीमध्ये प्रदूषणको मात्रा बढी भएको भन्दै १० सवारी कारवाहीमा परे । कारवाहीमा परेका सवारीलाई एक हजार रूपैयाँ जरिवाना गराइने र प्रदूषण पास भएपछि मात्रै सञ्चालनको अनुमति दिइने बताइएको छ ।

गृहमन्त्री थापाले सवारीसाधनको प्रदूषणको नियमित चेकजाँच गर्न आवश्यक रहेको औंल्याए ।

वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सवारीको प्रदूषण चेकजाँज गरिएको बताए । उनले वातावरण दिवसको अवसरमा प्रधानमन्त्रीको सहभागितामा जेठ २२ गते ‘स्वच्छ नेपाल’ महाअभियान सुरु गर्न लागिएको जानकारी दिए ।

हावामा हुने धूलोको मात्रामा सवारी साधनले निकाल्ने धूलोको हिस्सा ३८ प्रतिशत छ । सवारी साधनले २ दशमलव ५ पिएम (पार्टिकुलर म्याटर) को धूलो उत्पादन गर्छन् । यो धुलो मानव स्वास्थ्यका दृष्टिले निकै संवेदनशील मानिन्छ ।

प्रतिक्रिया दिनुहोस