विदेशबाट फर्कदै हुनुहुन्छ ? रक्सी नल्याउनुस् है ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशबाट फर्कदै हुनुहुन्छ ? रक्सी नल्याउनुस् है !


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । विदेशबाट फर्कदा रक्सी ल्याउने योजना बनाउनुभएको छ ? त्यसो हो भने योजना बदल्नुस्, नत्र प्रहरीको फन्दामा पर्नुहोला ।

सरकारले विदेशबाट फर्किनेहरूलाई रक्सी ल्याउन प्रतिबन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि विदेशबाट फर्कदा एक लिटरसम्म रक्सी ल्याउन पाइन्थ्यो । वार्षिक एक अर्ब राजस्व गुमेको ठहर गर्दै सरकारले यो सुविधा हटाएको हो । विदेशबाट रक्सी ल्याउने क्रम निकै बढेपछि यो सुविधा हटाइएको भन्सार विभागका एक कर्मचारीले बताए ।

रक्सी स्वास्थ्यका हिसावले पनि राम्रो नभएकाले भन्सार छुट दिइराख्नु पर्ने महसुस नगरेको उनको भनाइ छ ।

विदेशबाट फर्कने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने÷नपाउनेबारे तय भएको छैन ।

सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस