काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामाः प्रवक्ता शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामाः प्रवक्ता शर्मा


१९ जेष्ठ २०७५, शनिबार


दाङ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए ।

“काँग्रेसले सडकमा चक्का जाम र सदनमा होहल्ला गर्ने काम गर्दैन शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ”, प्रवक्ता शर्माले भने। उनले जनतालाई दुःख दिने काम काँग्रेसले कहिल्यै पनि नगर्ने स्पष्ट पारे ।

काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण काँग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको उल्लेख गरे ।

“काँग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पु¥याउन सकेन भने त्यो सबैभन्दा ठुलो दुर्भाग्य हुनेछ”, युवा नेता शर्माले भने।

उनले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए ।

उनले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताए ।

प्रतिक्रिया दिनुहोस