सुन तस्करीमा संलग्न एक जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुन तस्करीमा संलग्न एक जना पक्राउ


१८ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । सुन तस्करीमा संलग्न एक जनालाई महानगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनको गहना तस्करी गरेको आरोपमा प्रहरीले धनुषको गणेशमान चारनाथ–४ घर भइ हाल काठमाडौंको तिलगंगा बस्ने ३२ वर्षीय श्याम सुन्दर यादवलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदारलाई प्रयोग गरेर सुन भित्र्याएको आरोपमा उनी पक्राउ परेका हुन् । उनको साथबाट सुनका चुराहरु दुई वटा (१ सय ग्राम) र नगद ३२ हजार ५ सय रुपैयाँ बरामद भएको छ ।

प्रहरीका अनुसार थप अनुसन्धान र कारबाहीका लागि उनलाई भिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस