प्रदेश ४: २६ अर्बको बजेट ल्याउँदै सरकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश ४: २६ अर्बको बजेट ल्याउँदै सरकार


१८ जेष्ठ २०७५, शुक्रबार


पोखरा । प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५–७६ का लागि २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश ४ का अर्थमन्त्री गुरुङले अनुदानबाट प्राप्त २० अर्ब र आन्तरिक आम्दानी तथा ऋणसमेत गरी २६ अर्ब हाराहारीको बजेट तयार भएको जानकारी दिए । उनका अनुसार बजेटमा पर्यटनलाई पहिलो प्राथमिकता राखिएको छ ।

बजेटमा पर्यटनपछि भौतिक पूर्वाधार, ऊर्जा, कृषिलगायतलाई क्रमशः प्राथमिकतामा राखिएको छ । प्रादेशिक गौरवका आयोजनाको पहिचान गर्दै त्यसमा लगानी बढाउने सरकारको लक्ष्य छ ।
अर्थमन्त्री गुरुङले पर्यटन, ऊर्जा, कृषि, खेलकुदमा विकास तथा लगानी बढाउँदै पूर्वाधार निर्माण तथा जनशक्ति उत्पादनमा जोड दिइने बताए ।

मन्त्री गुरुङका अनुसार, प्रदेशमा लगानीमैत्री वातावरण, रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्ने सरकारको मुख्य उद्देश्य छ । यी सबै उद्देश्य प्राप्तिका लागि प्रदेश सरकारले उपयुक्त नीति अवलम्बन गर्ने उनले प्रतिबद्धता जनाए ।

बिहीबार प्रस्तुत विनियोजन विधयेक, २०७५ का सिद्धान्त प्राथमिकतामाथि आजदेखि संसदमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस