सात वर्ष बित्यो, भवन बनेन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सात वर्ष बित्यो, भवन बनेन


१८ जेष्ठ २०७५, शुक्रबार


जाजरकोट । नलगाड नगरपालिकास्थित दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भएको सात वर्ष बितिसक्यो । तर, निर्माण पूरा हुन सकेको छैन । भवन डेढ वर्षमा सक्ने लक्ष्यसहित निर्माण थालिएको थियो । ठेकेदार कम्पनीका सञ्चालकले काम छाडेर बेपत्ता भएपछि भवन अलपत्र परेको हो । समयमै भवन बन्न नसक्दा यहाँको स्वास्थ्य सेवा प्रभावित बनेको छ । भवन नहुँदा स्वास्थ्य सेवा दिन निकै कठिनाइ भएको स्वास्थ्य केन्द्रका डा. सञ्जय यादव बताउँछन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय, सुर्खेतले २०६८ वैशाख ७ गते काठमाडौंको जिएम कन्स्ट्रक्सन प्रालिसँग भवन निर्माण गर्ने सम्झौता गरेको थियो ।

सम्झौतापत्रमा २०६९ कात्तिक ६ गतेभित्रै काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

झण्डै एक करोड २१ लाख रूपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो ।

भवनको झण्डै ६५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी रहेको स्थानीय बीनबहादुर सिंहले बताए । स्वास्थ्य केन्द्रको भवन नहुँदा उपचार प्रभावित भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य केन्द्रबाट जाजरकोटको नलगाड नगरपालिका र रुकुमको आठबीसकोट नगरपालिकाका सर्वसाधारण उपचार गर्न आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस