भरुवा बन्दुकसहित चारजना पक्राउ « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

भरुवा बन्दुकसहित चारजना पक्राउ


१७ जेष्ठ २०७५, बिहिबार


डडेल्धुरा । अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई यहाँको प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूलाई हिरासतमा राखी आनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए । रासस

प्रतिक्रिया दिनुहोस