होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । काठमाडौंका डान्सबार, रेष्टुरेन्ट र होटलबाट ३९ बालिकाको उद्धार गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगवु, ठमेल, कोटेश्वर, वानेश्वर, वालाजुलगायतका क्षेत्रमा सञ्चालित होटल, बार, रेष्टुरेन्टमा कार्यरत ३९ बालिकाको उद्धार गरेको छ ।

बालिकालाई शारीरिक शोषण, मानसिक दुव्र्यवहारलगायत कार्यमा लगाई पारिश्रमिक समेत नदिएको सूचनाको आधारमा प्रहरीले छापा हानेको हो ।

प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार ठमेल क्षेत्रबाट ३ जना, कोटेश्वरबाट २, वालाजुबाट ११, गोंगबुबाट १४ र बानेश्वर क्षेत्रबाट ९ जना बालिकाको उद्धार गरिएको छ ।

उद्धार गरिएका ७ जनालाई सिविन नेपालमा र ३२ जनालाई माइती नेपालमा पठाइएको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस