प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको शिष्टाचार भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको शिष्टाचार भेट


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) का महासचिब सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले भेटमा क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यम बनाउनु पर्ने बताए । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने समेत बताए ।

ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालिन,मध्यकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताए । केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताए । उनले भने “हामी आर्थिक सामाजिक विकासमा द्रुतगतिमा दौडनु पर्दछ, यस प्रक्रियाप्रति विमस्टेक प्रतिबद्ध छ” ।

उनले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले पानी जहाज सञ्चालन गर्दा बंगालको खाडी वरीपरीका मुलुक भएकोले विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस