खटाइएको स्थानबाटै स्थानीय तहका कर्मचारीलाई तलब « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खटाइएको स्थानबाटै स्थानीय तहका कर्मचारीलाई तलब


१६ जेष्ठ २०७५, बुधबार


समायोजन

काठमाडौं । आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाटै उलपब्ध गराइने छ।

आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दीअनुसार करीब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइने छ ।

सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस