लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर


१६ जेष्ठ २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०७५ जेठ १३ गते सार्वजनीक गरिएको सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार नाकामा रहेका संस्थान कति छन् ?
– २६ वटा

२.अमेरिकाले मुस्लिम बाहुल्य भएका देश एवं उत्तर कोरियाबाट आउने शरणर्थीका लागि लगाएको प्रतिबन्ध कहिलेदेखि हटाएको हो ?
– सन् २०१८ जनवरी २१

३.नेपालमा वन्यजन्तुको डीएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?
– खुमलटार स्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा

४. वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको सदुपयोग गरी कति रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ ?
– एक लाख

५. काभ्रेको पनौतिस्थित  नेपालकै तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति हो ?
– २ दशमलव ४ मेगावाट

६. अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष (२०१८) अस्ट्रेलियाको कतिऔं धनी बनेका छन् ?
– ८१ औं

७. वि.सं. २०७५ मा प्रदान गरिने युगकवि सिद्धिचरण पुरसरबाट सम्मनित हुने स्रष्टा को हुन् ?
– कवि तुलसी दिवस (ताम्रपत्रसहित रु. एकलाख प्रदान गरिएको ।)

८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं.२०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औषत बसाइ अवधि कति रहेको छ ?
– १२ दशमलव ६ दिन

९.नेपाली साहित्यिक क्षेत्रमा ‘अस्वीकृत कवि’ उपनामले चिनिने स्रष्टा को हुन् ?
– डा. कविताराम श्रेष्ठ

१०.झण्डै दुई दशकपश्चात राजविराज विमानस्थल कहिलेदेखि पुनः सुचारु भएको हो ?
– वि.सं.२०७५ जेठ १० गते

११. निपा भाइरस पहिलोपटक कहिले र कहाँ फेला परेको हो ?
– सन् १९९८,मलेसिया

१२. सन् २०१८ मा सञ्चालित इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको उपाधि कसले जित्यो ?
– चेन्नइ सुपर किङ्ग्स

१३. सम्पूर्ण जीवको विश्लेषण गरी हालै प्रकाशित एक प्रतिवेदन अनुसार पृथ्वीको बृहत् जीवन (जीव र वनस्पति) मा मानव जातिको हिस्सा कति रहेको छ ?
– ०.१ प्रतिशत

१४. हाल (२०७५ वैशाख) नेपालको निजामती सेवामा महिला कर्मचारीको हिस्सा कति छ ?
– २३ दशमलव १७ प्रतिशत

१५. हाल (सन् २०१८) संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ?
-अमेरिका (२२ प्रतिशत)
दोस्रोः जापान (९.६८ प्रतिशत) र तेस्रोः चीन (७.९२ प्रतिशत)

१६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि २४ घण्टा सञ्चालनमा आएको हो ?
– वि.सं. २०७५ जेठ ७

१७. सरकारले झापाको शान्तिनगर देखि डडेल्धुराको रुपाललाई जोड्ने गरी मदनभण्डारी मार्ग निर्माण गर्ने निर्णय कहिले गरेको हो ?
– वि.सं. २०७५ जेठ ६
(२०७५ जेठ ६ गतेको मन्त्रिपरिषदको बैठकले सो मार्गको निर्माणकालागि ट्रयाक खोल्ने स्वीकृति प्रदान गरिएको जनाइएको छ । प्रस्तावित सडकको लम्बाइ १२ सय किलोमिटर छ ।)

१८. वर्तमान सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम (आ.व. २०७५र७६) अनुसार कतिअवधिभर प्रतिव्यक्ति आय दोब्बर बनाउने योजना छ ?
– पाँच वर्षभित्र

विषयगत प्रश्नोत्तर

१. नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति कस्तो छ ? उल्लेख गर्नुहोस् । 
नेपालको संविधानको धारा ५१ (ड) ले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति अख्तियार गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

– नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशिल रहने,
– संयुक्त राष्टसंघको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्ञ्चालन गर्ने,
– विगतमा भएका सन्धिहरुको पुनरावलोकन गर्ने,
– समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरु गर्ने ।

२.नेपालमा सार्वजनिक संस्थाहरुलाई क्षेत्रगत रुपमा के कसरी वर्गीकरण गरिएको छ ? उल्लेख गर्नुहोस् ।
नेपालमा सरकारी स्वामित्व र नियन्त्रणमा ३७ सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन् । यी सार्वजनिक संस्थानलाई क्षेत्रगत रुपमा निम्नअनुसार वर्गीकरण गर्ने गरिएको छ :
(१) औद्योगिक क्षेत्र : (७ वट संस्थान)
(२) व्यापारिक क्षेत्र : (६ वटा संस्थान)
(३) सेवा क्षेत्र : (७ वटा संस्थान)
(४) सामाजिक क्षेत्र : (५वटा संस्थान)
(५) जन उपयोगी क्षेत्र : (३ वटा संस्थान)
(६) वित्तीयक्षेत्र : (९वटा संस्थान)

३.आर्थिक नीतिको उदेश्यहरु केके हुन् ? उल्लेख गर्नुहोस् ।
देशको समग्र आर्थिक विकास गर्न सरकारले तर्जुमा गरेको नीति आर्थिक नीति हो । यो सरकारले लिएको वित्त नीति, केन्द्रीय बैङ्कले तर्जुमा गरेको मौद्रिक नीति र सरकारले तर्जुमा गरेको क्षेत्रगत नीतिको एकीकृत रुप हो । उच्च, दिगो, फराकिलो, न्यायिक उवं समावेशी आर्थिक वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्नु आर्थिक नीतिको सर्वोपरि उदेश्य हो । यसका अरु उदेश्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ  :

– आर्थिक स्थायित्व कायम गर्ने,
– सामाजिक न्याय कायम गर्ने,
– रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने,
– निर्यात वृद्धि गर्ने,
– लगानी बढाउने,
– राजस्व वृद्धि गर्ने
– ग्रामीण विकास गर्ने,
– क्षेत्रीय सन्तुलन कायम गर्ने,
– उत्पादन र उत्पादकत्व वृद्धि गर्ने,
– पूर्वाधार निर्माण गर्ने,
– निजि क्षेत्रको विकास गर्ने ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस