२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादतर्फ की पूँजीवाद तर्फ उन्मुख बजेट

अ+ अ-

चितवन । सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् ।

उनीहरुले विगतको भन्दा पृथक बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले नेपालीले बहुमत सरकारले ल्याउने बजेटको जुन अपेक्षा गरेका थिए, त्यस्तो बजेट आउन नसकेको बताए ।

उनले नीति तथा कार्यक्रममा उल्लेख भएझैँ उत्पादन र रोजगारी वृद्धि गर्न बजेट केन्द्रित हुन नसकेको टिप्पणी गरे । “बजेटमा उल्लेख भएझैँ पाँच वर्षमा उत्पादन दोब्बर बनाउन र रोजगारी नेपालमै सिर्जना गर्ने विषय स्वागतयोग्य छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष राजन गौतमले बजेट प्रभावरहित बजेट छ भन्दै प्रभावशाली नेताका क्षेत्रमा केन्द्रित भएर आउने यसअघिका बजेटभन्दा पृथक् रहेको बताए। दुई तिहाइको सरकारले केही जोखिम मोलेर ठूला परियोजना ल्याउनुपर्नेमा अधिकांश विषय अमूर्त रहेको उनले बताए। निर्वाचनका बेला भएका घोषणानुरुप बजेट नरहेको पनि उनले बताए ।

नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले राष्ट्रिय उद्योगलाई प्रोत्साहन गर्ने गरी बजेट नआएको बताए । नेपालमा आत्मनिर्भर रहेको कुखुरापालन क्षेत्रलाई प्रभावित हुनेगरी कर बढाइएका आलोचना गरे ।

उनले दाना उद्योगमा अत्यावश्यक पिना, भटमासजस्ता वस्तु आयातमा कृषि सुधार कर १.५ प्रतिशतबाट बढाएर ५ प्रतिशत पु-याइएकाले दाना प्रतिकिलो एक रुपैयाँ बढ्ने बताए । कुखुरापालन व्यवसायलाई आत्मनिर्भर बनाइराख्न समस्या हुने भएकाले ब्याजमा दिइने अनुदान सहज बनाउनुपर्ने सुझाव उनको छ ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले बजेट उद्योगमैत्री नभएर व्यापारमैत्री भएको प्रतिक्रिया दिए । राजनीतिक हिसाबले जोशिलो बजेट नभई कर्मचारीतन्त्रको जस्तो बजेट भएको पनि उनको भनाइ छ । बजेट देशमा उद्योगधन्दा बढाएर रोजगारी सिर्जना गर्दै राजश्व बढाउनुपर्नेमा आयात बढाउने खालको रहेको उनले बताए । बजेटले आयात प्रतिष्पर्धा गरेर निर्यात बढाउन नसक्ने जिकिर उनको छ ।

उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले बजेट आंशिक रुपमा ठीक छ भन्दै उत्पादन बढाउने कुरामा भने मौन बसेको आरोप लगाए । उनले उत्पादन बढाउनेतर्फ भन्दा आयकर बढाउनेतर्फ लक्षित देखिएको प्रतिक्रिया पनि दिए । विदेशमा काम गरेर फर्किएकालाई १० लाख विनाधितो दिने जस्ता सकारात्मक पक्ष पनि बजेटमा रहेको उनले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बजेट जनप्रिय नभए पनि पर्यटन सुधारको कार्यक्रम भने राम्रो छ भने । बजेटअनुसार काम हुन सकेमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयका प्राध्यापक निर्मल शर्माले विगतको बजेट र अहिलेको बजेटमा खासै भिन्नता नरहेको बताए । बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख भएको उनको टिप्पणी छ । सबै क्षेत्रको अध्ययनमा बजेट केन्द्रित छ भन्दै उनले आर्थिक स्थायित्व दिन बजेट सफल हुने विश्वास व्यक्त गरे ।