बजेटमा समावेश गरिए प्रदेश नं १ का ५ ठूला आयोजना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बजेटमा समावेश गरिए प्रदेश नं १ का ५ ठूला आयोजना


१६ जेष्ठ २०७५, बुधबार


मोरङ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा मंगलबार प्रस्तुत गरिएको वजेटमा प्रदेश १ का ५ ठूला आयोजना वजेटमा समावेश भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ ।

जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि बजेटले समेटेको हो । यो सडकले चीन र भारतलाई जोड्नेछ । हाल यो निर्माणाधीन छ । तर, बजेट अभावका कारण निर्माणले गति लिन सकेको छैन ।

बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख छ । क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ ।

झापादेखि कञ्चनपुरसम्मको मदन भण्डारी राजमार्ग निर्माणका लागि चार अर्ब ५० करोड छुट्याइएको छ । झापाको शान्तिनगर प्रस्थानबिन्दु हो ।

झापाबाट शुरु भई डडेल्धुरासम्म पुग्ने यो राजमार्ग एक हजार २०० किलोमिटर लामो हुनेछ ।

सरकारले सार्वजनिक गरेको आव २०७५/७६ को नीति र कार्यक्रम कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस