कांग्रेसले संसदीय दलको बैठकपछि बजेटबारे साझा धारणा बनाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेसले संसदीय दलको बैठकपछि बजेटबारे साझा धारणा बनाउने


१६ जेष्ठ २०७५, बुधबार


काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले बजेटबारे साझा धारणा बनाउन बुधबार बैठक बोलाएको हो ।

बजेटलगायत विषयमा छलफल गर्न संसदीय दलको बैठक बिहान ११ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । बैठक नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेको थियो । त्यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो । तर, यसप्रति पार्टीका कतिपय नेताले असन्तुष्टि जनाएका थिए । उनीहरूले कांग्रेस सांसद्हरूले संसदमा खेलेको भूमिकाप्रति प्रश्नसमेत उठाएका थिए ।

बजेटबारे भने कांग्रेसले असन्तुष्टि जनाइसकेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बजेटलाई ‘बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस