महिलाको नेतृत्व विकास सम्वन्धि दुई दिने तालिम सम्पन्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महिलाको नेतृत्व विकास सम्वन्धि दुई दिने तालिम सम्पन्न


१५ जेष्ठ २०७५, मंगलबार


कञ्चनपुर । कृष्णपुर नगरपालिका–९ कञ्चनपुरमा आयोजित महिला नेतृत्व विकास सम्वन्धि दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा र वडा स्तरिए महिला सञ्जालले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमा बोल्दै सञ्जालकी संयोजक सावित्री साउदले महिलाहरुमा नेतृत्व क्षेमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताइन् । उनले तालिमबाट ९० जना महिला लाभान्वित भएको बताइन् ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि छत्र महराले यस्ता खालका तालिमले महिलामा धेरै नेतृत्व सम्वन्धि क्षेमता वृद्धि हुनुका साथै अन्य थुप्रै कुरामा सहयोग पुग्ने बताए ।

कार्यक्रममा धर्मा विक, मञ्जु उप्रेती, दल बहादुर बोगटी, सुरेन्द्र संगम लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजकर्ताकोरुपमा सन्तोेष शर्मा, मिरा माता, सुरत रावत ‘डोटेली कान्छा’ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस