अब चुरोटमा प्रतिखिल्ली २५ पैसा कर लाग्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब चुरोटमा प्रतिखिल्ली २५ पैसा कर लाग्ने


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अब चुरोटमा प्रतिखिल्ली २५ पैसा कर थपिएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटमार्फत् आजैदेखि चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले कर लगाएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा मंगलबार प्रस्तुत गरेको बजेट भाषणमा स्वास्थ्य जोखिम करका रुपमा उक्त कर असुल गरिने बताइएको छ । योसँगै फेरी चुरोटको मूल्य बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस