वनमा १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वनमा १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १६ अर्ब ५८ करोड ७५ लाख विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को आयव्ययको विवरण प्रस्तुत गर्दै वनको संरक्षण र उपयोगमा तीन तहका सरकारको परिपूरक भूमिका स्थापित गर्ने बताए ।

सरकारले नदी किनारा, बाँझो र पर्ति जमिन, खस्केको जमिनमा वृक्षरोपण तथा वन विस्तार गर्ने एंव स्थानीय वातावरणमा अनुकूलनका वन पैदावारको विस्तार गर्न प्रोत्साहन गर्ने भएको छ ।

जैविक विविधता संरक्षण, वातावरण संरक्षण र व्यवस्थापनमार्फत भू–क्षय नियन्त्रण र नदी किनारा संरक्षण गर्ने उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले भने, “प्रदेश र स्थानीय तहसँगको समन्वयमा राष्ट्रपति तराई चुरे कार्यक्रम प्रभाकारी बनाइ पहिरो नियन्त्रण र कृषि वन प्रणालीको प्रवद्र्धन तथा विकास गरिनेछ ।

अर्थमन्त्री डा खतिवडाले पहाडी भू–भाग र चुरे क्षेत्रमा वर्षात्को पानी संरक्षण गरी जैविक विविधता प्रवद्र्धन गर्न स्थानीय तहको समन्वयमा पोखरी निर्माण गर्ने बताउँदै सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा जडीबुटी तथा वन पैदावारमा आधारित उद्योग स्थापना गरिनेछ भने ।

राष्ट्रिय निकुञ्जलगायत संरक्षण क्षेत्रमा स्थानीय र निजी क्षेत्रसँगको सहकार्यमा पर्या–पर्यटनको विकास गर्ने पनि उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस