राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद सजाय माफी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा ८१६ कैदीको कैद सजाय माफी


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस