बैतडीमा दुर्घटना, दुई जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा दुर्घटना, दुई जना घाइते


१५ जेष्ठ २०७५, मंगलबार


बैतडी । बैतडी सदरमुकामबाट गोठलापानी तर्फ गइरहेको से१ज३८९ नम्बरको जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा सहचालक २४ वर्षीय धरमसिंह ऐर र यात्रु ३० वर्षीय केशव बहादुर चन्द छन् ।

गम्भीर घाइते धरम सिंह ऐरलाई सेती अंचल अस्पताल लगिएको छ भने सामान्य घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जीप व्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस