महोत्तरीबाट भारतीयसहित १० जना कैदीको कैद माफी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महोत्तरीबाट भारतीयसहित १० जना कैदीको कैद माफी


१५ जेष्ठ २०७५, मंगलबार


गौशाला । गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ ।

कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा १० जना कैदीको कैद माफी गरिएको हो ।

मन्त्रिपरिषद्को जेठ १३ गतेको निर्णयानुसार ११ औँ गणतन्त्र दिवसको अवसर पारेर आज असल चालचलन भएका र कम्तीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेका ८१६ कैदीलाई कारागार नियमावली २०२० को नियम २९ बमोजिम र ज्येष्ठ नागरिक ऐन २०६३ बमोजिम कैद माफी गरिएकोमा महोत्तरी कारागारबाट १० जना कैदीको कैद माफी भएको जेलर ठाकुरले बताए । रासस

प्रतिक्रिया दिनुहोस