जेलबाट छुटेलगत्तै बालकृष्णले भने– ‘डलरवादी’हरूको अभियानप्रति घृणा गर्छु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जेलबाट छुटेलगत्तै बालकृष्णले भने– ‘डलरवादी’हरूको अभियानप्रति घृणा गर्छु


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । गणतन्त्र दिवसको अवसरमा रिहा भएका पूर्वसभासद् बालकृष्ण ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरू’ले आफूलाई जेलमा सडाउने षडयन्त्रगरेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘डलरवादीको अभियानप्रति घृणा व्यक्त गर्छु ।’

ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरूको पनि चर्को विरोध गरे ।

प्रतिक्रिया दिनुहोस