बालकृष्ण ढुंगेल रिहा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालकृष्ण ढुंगेल रिहा


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेल रिहा भएका छन् । उनी कर्तव्य ज्यान मुद्दामा डिल्लीबजारस्थित सदरखोर जेलमा जेल सजाय भोगिरहेका थिए ।

४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रावधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि ढुंगेल जेलमुक्त भएका हुन् । गणतन्त्र दिवसका अवसरमा उनीसहित ८ सय १६ कैदी जेलमुक्त भएका छन् ।

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी साढे सात वर्ष जेल बसेका थिए । पछि पुनरावेदनले सफाइ गरेपछि उनी जेलमुक्त भएका थिए । तर, फेरि सर्वाेच्चले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो आदेशबमोजिम गत कात्तिक १४ गते उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस