सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । नेपाली सेनाको जंगी अड्डामा सुरु भएको दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ सम्पन्न भएको छ ।

आइतबार र सोमबार दुईसम्म चलेको बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्नसक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए । उक्त बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मूल्यांकनसमेत भएको सेनाले जनाएको छ ।

पृतनापति सम्मेलनलाई समापन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले विद्यमान परिस्थितिको मुल्यांकन गर्दै सम्भावित चुनौतीको सामना गर्न तयारी अवस्थामा रहन मातहतलाई निर्देशन दिएका छन् ।

प्रधान सेनापतिले नेपाली सेनाका अपरेसनल, तालिम तथा बन्दोबस्तीका पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु-याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस