डोटीमा जीप दुर्घटना, ४ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा जीप दुर्घटना, ४ जनाको मृत्यु


१४ जेष्ठ २०७५, सोमबार


डोटी । बोगटान गाउँपालिका–६ गगुडा पलाडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप सोमबार दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा २ जना पुरुष र २ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया, र ईन्नरी रावत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलमा निकै टाढा रहेकाले प्रहरी पुग्न अझै चार घन्टा लाग्ने प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस