२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपांगको सेवामा सरकारले जोड दिनुपर्ने : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौं । राष्ट्रिसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शारिरिकरुपले अपांग समुदायको वृद्धि विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय बहिरा महासंघ नेपालले प्रकाशन गरेको नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले अभिभावकले मात्र नभई सरकारले उनीहरुको वृतिविकासमा ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले नेपाल सरकार अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले सबै बहिरा तथा अपांगता भएका बालबालिकाको शिक्षा र भाषाको पहुँचमा पु¥याउन ७ सय ५३ स्थानीय तहमा सांकेतिक भाषाको प्रयोगको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

‘नयाँ संविधानले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको छ,’ उनले भने, ‘राष्ट्रियसभामा अपांगता व्यक्तिहरुको प्रतिनिधित्व नै भएको छ । यसमा बहिरा र दृष्टिबिहीनको पनि प्रतिनिधित्व हुन जरुरी छ ।’

तिमिल्सिनाले शारिरिक रुपमा अशक्त भएपनि देशले गर्व गर्नलायक नागरिक बनाउन सरकारले प्रथामिकता दिँदै अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘उनीहरुको क्षमता अभिवृद्धि गरी सक्षम बनाउँदै नीति निमार्ण तहमा पुर्याउनुपर्छ,’ उनले भने ।

अर्को प्रशंगमा अध्यक्ष तिमिल्सिनाले नेपाल स्रोत साधनका कारणले नभई शासकले गर्दा पछाडि परेको बताए । अपांगता भएका व्यक्ति पनि समग्र देश नै विकास नहुँदा राज्यको पहुँचभन्दा बाहिर परेको हुनसक्ने बताउँदै अबका दिनमा सबै समुदायका जनतालाई समृद्ध बनाउनुपर्ने बताए ।

सो अवसरमा उनले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गरेका थिए ।