दल दर्ताका लागि नेकपाले आयोगमा बुझायो केन्द्रीय सदस्यको हस्ताक्षर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दल दर्ताका लागि नेकपाले आयोगमा बुझायो केन्द्रीय सदस्यको हस्ताक्षर


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजातका साथै केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाएको छ ।

सोमबार नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ नेतृत्वको टोलीले आयोगमा पुगी दल दर्ताका लागि आवस्यक कागजात बुझाएको हो । नेकपाले जेठ ३ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । सोही प्रक्रिया पूरा गर्न नेकपाले आज आयोगलाई कागजात उपलब्ध गराएको हो ।

निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दल दर्ता भएको सूचना प्रकाशित गर्नेछ । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै दर्ता रहेकाले आफूहरुको पार्टीको नाममा अन्डरलाइन थप्नु परेको नेम्वाङले बताएका छन् । नव गठित नेपाल कम्युनिस्ट पार्टीको मुनि अन्डरलाइन थपिने छ ।

प्रतिक्रिया दिनुहोस