ढुंगलेको कैद मिनाहा नगर्न माग गर्दै प्रदर्शन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ढुंगलेको कैद मिनाहा नगर्न माग गर्दै प्रदर्शन


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । द्वन्द्वकालीन मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाह नगर्न माग गर्दै अधिकारकर्मी तथा द्वन्द्वपीडितहरूले प्रदर्शन गरेका छन् ।

सरकारले गणतन्त्र दिवसको अवसरमा आठ सय ४० कैदीको बाँकी कैद मिनाह गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । सो सूचीमा ढुंगेल पनि रहेको भन्दै द्वन्द्वपीडितहरूले विरोध गरेका हुन् ।

द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको दोषी ठहर गर्दै सर्वोच्च अदालतले तत्कालीन माओवादी नेता ढुंगेललाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस