२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ महिनामा सोह्र हजार उद्योग दर्ता

अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् ।

दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् । प्रदेश नं १ मा एक हजार ९०४, प्रदेश नं २ मा तीन हजार १८७, प्रदेश नं ४ मा दुई हजार ३७१, प्रदेश नं ५ मा तीन हजार ७७४ तथा प्रदेश नं ७ मा एक हजार २८८ उद्योग दर्ता भएका छन् ।

हालसम्म नेपालमा घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमार्फत चार लाख पाँच हजार ७४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । चालू आवको आठ महिनामा १५ हजार ३४५ फर्म तथा कम्पनी कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएका छन् । पब्लिक लिमिटेडमा ३४, प्राइभेट लिमिटेडमा १४ हजार ९६६, मुनाफा वितरण नगर्ने ३०९ र विदेशी ३६ कम्पनी रहेका छन् ।

स्थानीय स्रोतसाधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्न सरकारले लघु उद्यम कार्यक्रमअन्तर्गत चालू आवकोे आठ महिनामा एक लाख ३२ हजार लघुउद्यमी सिर्जना गरेको छ । सिर्जना भएका लघुउद्यमीमध्ये ७४ प्रतिशत महिला रहेका छन् । उक्त कार्यक्रममार्फत गरीबीको रेखामुनि रहेका करीब एक लाख ७१ हजार नागरिकले रोजगार पाएका बताइएको छ । रासस