चिनियाँ प्राविधिक टोलीद्वारा केरुङ–काठमाडौं रेलमार्गको अध्ययन सम्पन्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिनियाँ प्राविधिक टोलीद्वारा केरुङ–काठमाडौं रेलमार्गको अध्ययन सम्पन्न


१४ जेष्ठ २०७५, सोमबार


नुवाकोट । केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरिएको छ ।

काठमाडौंबाट जेठ ६ गते देखि शुरु भएको चिनियाँ प्राविधिक टोलीले केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

काठमाडौंबाट शुरु भएको अध्ययन प्राविधिक टोलीले एक साताको अवधिमा केरुङसम्म पुगेर पूर्वसम्भाव्यता अध्ययन पूरा गरेको छ । विभागका सूचना अधिकारी उपाध्यायले भने,

चीनबाट नेपालमा ल्याउने रेलमार्गको सम्भाव्यता अध्ययनका क्रममा काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता के हुन्छ भनेर अब प्रतिवेदन निर्माण गर्नेछ ।

केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन चिनियाँ पक्षले आगामी असोजसम्म बुझाउने तयारी छ ।

नेपाल सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा रसुवागढी–काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गर्ने विषय समावेश गरेकाले चिनियाँ रेल भित्रने संकेत छ ।

चिनियाँ प्राविधिक टोलीले सो अध्ययन पूरा गरेको हो ।

प्रतिक्रिया दिनुहोस