भेटेरिनरी एसोसियसनको अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भेटेरिनरी एसोसियसनको अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । नेपाल भेटेरिनरी एसोसियसनको अध्यक्षमा डा. शितलकाजी श्रेष्ठ चयन भएका छन् । काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनले श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा डा. श्रीराम अधिकारी, महासचिवमा डा. गृष्म नेउपाने, सचिवमा डा. अशेष भट्टराई, कोषाध्यक्षमा डा. सुलोचना श्रेष्ठ रहेका छन् । सम्मेलनले डा. अर्जुन अर्याल, डा. मनोजकुमार शाही, डा. शिकेश मानन्धर, डा. राकेश चन्द, डा. यज्ञराज पाण्डे र डा. ऋषभ गुरागाईलाई सदस्यमा चयन गरेको छ । प्रधान सम्पादकमा डा. नारायणप्रसाद घिमिरेलाई चयन भएका छन् ।

सम्मेलनले प्रदेश १ मा डा. संजयकुमार यादव, प्रदेश २ मा डा. जयप्रकाश यादव, प्रदेश ३ मा डा. सुवास श्रेष्ठ, प्रदेश ४ मा डा. केदारराज पाण्डे, प्रदेश ५ मा डा. अर्जुन चापागाईं, कर्णाली प्रदेशमा डा. कृष्णराज पाण्डे र प्रदेश ७ मा डा. बसन्तबहादुर सिंहलाई अध्यक्ष चयन गरेको छ । समितिको कार्यकाल दुई वर्षको रहनेछ ।

सम्मेलनमा एक हजार भन्दा बढीको सहभागिता रहेको एसोसियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मेलनले ९ बुँदे घोषणापत्र जारीसमेत गरेको छ । सो घोषणापत्र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)लाई कार्यान्वयनका लागि पठाइएको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा ४० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस