बैतडीमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते


१३ जेष्ठ २०७५, आइतबार


बस दुर्घटना

बैतडी । एम्बुलेन्स दुर्घटना हुँदा बैतडीमा चार जना घाइते भएका छन् । घाईतेहरुमा दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, ४० वर्षीय देवदत्त भट्ट र १८ वर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक २४ वर्षीय गोविन्द धामी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नंको एम्बुलेन्स आज बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ । घाइते चारै जनाकोे जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस