२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा नेपालका पहिचान र गौरव– अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेका छन् तर आरोहण अभियानबाट प्रकृतिसँग मानिसको संवाद वा अन्तक्र्रियासमेत बेजोडरुपमा अगाडि बढेको छ, नेपालको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमासमेत भएको छ ।”

अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन, विश्वभरिका जनताको एकता र गौरवलाई पनि सगरमाथाले केन्द्रित गरेको बताए ।

सगरमाथा आरोही संघले मानवसेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उनले उक्त कार्यको प्रशंसा गरे ।

अध्यक्ष दाहालले सगरमाथा नेपालका पहिचान र गौरव भएकाले यसको अझै बढी प्रचारप्रसारको आवश्यकता रहेको बताउदै विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पालगायतले सगरमाथाको महत्वकाबारेमा प्रकाश पारे । रासस