सरकारले पूर्वाग्रह नरोके देशमा आन्दोलन गर्छौं – अध्यक्ष महर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले पूर्वाग्रह नरोके देशमा आन्दोलन गर्छौं – अध्यक्ष महर


१२ जेष्ठ २०७५, शनिबार


काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वाग्रहीरुपमा अगाडि बढीरहेको आरोप लगायका छन् ।

डमोक्र्याटिभ फर्मासिटिकल्स एशोसिएशन अफ नेपालको प्रथम अधिवेशनमा बोल्दै महरले कम्युनिष्ट सरकार सामाजिक पूर्वाग्रह राखेर प्रहरी प्रशासनको दुरुपयोग गरिरहेको आरोप लगायका हुन् ।

उनले दरुणदल सुनसरिका अध्यक्ष सिजन गुरुङलाई पनि राजनीतिक पूर्वाग्रहकै आधारमा पक्राउ गरिएको आरोप लगाए । उनले चाडोभन्दा चाडो गुरुङको रिहाइको माग गरेका छन् । गुरुङको रिहाई नगरिए देशव्यापी आन्दोलनमा उत्रिने महरको चेतावनी छ ।

‘बालकृष्ण जस्ता ज्यानमारालाई थुनामुक्त गर्ने, निर्दोष युवालाई थुन्ने यो कस्तो सरकारको नीति हो ? महरले भने, कम्युनिष्टको यस्तो शासनले जसरी विश्वमा कम्युनिष्ट पतनको बाटोमा गइरहेको छ नेपालमा पनि त्यसरी नै पतन् हुने छ ।’ उनले चाडै पतनकोबाटोबाट बच्नकै लागि भएपनि कम्युनिष्ट सरकारलाई विद्यिको शासन मानेर अगाडि बढ्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस