शान्ति प्रेमी चरी « प्रशासन
prasaLogo
१२ जेष्ठ २०७५, शनिबार

शान्ति प्रेमी चरी


प्रकाशित मिति : 26 May, 2018 8:51 am

आऊ भाइ आऊ बहिनी
बगैचामा जाऊ
प्यारा प्यारा चरीसँग
मायाप्रिती लाउँ

प्रकृतिका गहना हुन्
हाम्रा प्यारा साथी
यिनका राम्रा ग्रुण सिकी
हामी फुर्छौं माथि

कोइलीसँग मिठो बोली
डाफेसँग नाँच
चखेवाको चोखो माया
हामी सिक्छौं आज

राजहंस सिकाउँछ
मिलीजुली बस्न
परेवा हो शान्तिदूत
शान्ति नर्भे हुन्न
साथी शान्ति नभै दशको विकास हुन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस