विद्युत्भार कटौतीका कारण मोबाइल फोन सेवा अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्युत्भार कटौतीका कारण मोबाइल फोन सेवा अवरुद्ध


११ जेष्ठ २०७५, शुक्रबार


Mobile

डोल्पा । विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।

विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् ।

जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म नमस्ते र स्काइ मोबाइल सेवा बन्द हुने गरेको बताइएको छ ।

सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहुँदा नियमित टावर सञ्चालनमा समयस्या देखिएको नेपाल दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस