साढे ३३ किलो सुन प्रकरणमा गोरेका सहयोगि पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साढे ३३ किलो सुन प्रकरणमा गोरेका सहयोगि पक्राउ


११ जेष्ठ २०७५, शुक्रबार


विराटनगर । साढे ३३ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा गोरेका सहयोगि रेवत आचार्य पक्राउ परेका छन् ।

चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई मोरङ्को उर्लाबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिद्धिदेवी ज्वेलर्स पसल सञ्चलन गर्दै आएका आचार्यलाई बिहिबार बेलुका पक्राउ गरिएको हो । गोरे बाहिर हुँदा उनी निरन्तर सम्पर्कमा देखिएको प्रहरीले जनाएको छ ।

आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस