नुहाउन गएका दुई युवा कालीगण्डकीमा बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नुहाउन गएका दुई युवा कालीगण्डकीमा बेपत्ता


११ जेष्ठ २०७५, शुक्रबार


ढल

पाल्पा । बिहीबार कालीगण्डकीमा नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।

उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

उनका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको छ ।

उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता युवाको खोजी कार्य भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस